नियम ९
निर्वाचनमा अनुचित प्रभाव पारेको सम्बन्धमा उजुरी दिने
(१) कसैले धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारीे निर्वाचनको स्वच्छता, स्वतन्त्रता वा निष्पक्षतामा असर पुर्याउने काम गरेमा सम्बन्धित उम्मेदवारले त्यस्तो निर्वाचनको मतगणना कार्य प्रारम्भ हुनु अगावै सम्बन्धित निर्वाचन अधिकृत मार्फत वा आयोगमा सिधै उजुरी दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्वाचन अधिकृत समक्ष कुनै उजुरी प्राप्त भएमा त्यस्तो उजुरी आयोगमा तुरुन्त पठाउनु पर्नेछ ।